Aug 16, 2023
आँखा पाक्ने रोग अर्थात भाइरल कन्जंक्टिभाइटिस -
हाल नेपालका विभिन्न जिल्लाहरूमा भाइरल Conjunctivitis अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सतर्क रहौँ।
लक्षणहरूः
- आँखा रातो हुने र चिलाउने
- आँखाबाट आँसु बगिरहने वा कचेरा, चिप्रा लाग्ने
- आँखाको ढकनी रातो हुने, सुन्निने
- आँखा बिझाउने, दुख्ने
- घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने
भाइरल Conjunctivitis (आँखा पाक्ने रोग) सजिलै एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्न सक्छ।
भाइरल कन्जंक्टिभाइटिस भइहाले आत्तिनु पर्दैन। यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ। स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ।
Support us with a contribution and help us make a difference.